मेरो प्रणय विशेष गजल

Friday, February 13, 20150 comments

प्रणय विशेष गजल

रातो  गुलाब   उपहार   आओस शुभकामना !
नवजोडीमा खुशियालि छाओस शुभकामना !

बन्न नसकेका र भत्किएका ती जोडीहरूमा !
यसपाली त  सफलता  पाओस शुभकामना !

एक-आपसमा  अंगालोमा बाधिएर रमाउदै !
अविश्वासको खाडल हटाओस शुभकामना !

दुक्क संग राख्नुस प्रस्ताव मनको मान्छेलाई
कसैको नि त्यसै खेर नजाओस शुभकामना !

© रदिफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
२० माघ २०७०

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Radeef Sagar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger