१)
आँधि आउने छ अनि तुफान आउनेछ ।
हेरौ कस्लाई बचाउन भगवान आउनेछ।
शौचालयमा ईश्वर राखेका छन् अचेल ।
न जानुस् है मन्दिर मा मसान आउनेछ ।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
२)
गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
३)
उकालो पछी पक्कै ओरालो आउनेछ ।
हेर्दै जाउ गरीबको पनि पालो आउनेछ ।
जब पसिनाको कमाइ किसानपाउदैनन्।
तब विरोधगर्दै सडकमा कोदालो आउनेछ।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
४)
प्यार को बदलामा प्यार दिनेछु ।।
जुनी-जुनीभरी अपरम्पार दिनेछु ।
आउ एक पटक मागेर त हेर प्रिय ।
जिवननै तिमीलाई उपहार दिनेछु।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
५)
अचेल पथ्थरहरु भगवान भएकाछन्|
बरु भगवानहरु नै मसान भएकाछन्|
ज-जस्ले देश लुटेर खोक्रो पारीसके|
तिनीहरु नै देशमा सम्मान भएकाछन्|
© 'रदीफ' सागर
सालझण्डी-१ रुपन्देही
हाल:- साउदी अरब
६)
सुरू-सुरूमा मलाई प्यार गरियो ।
त्यस पछी दिलमा करार गरियो ।
म उ बिनाबाच्न नसक्ने भएपछी।
मुटुमा धारिलो छुरा प्रहार गरियो।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
७)
प्यार को बदलामा प्यार दिनेछु ।।
जुनी-जुनीभरी अपरम्पार दिनेछु ।
आउ एक पटक मागेर त हेर प्रिय ।
जिवननै तिमीलाई उपहार दिनेछु।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
Post a Comment