१) मुक्तक
लामखुट्टेलाई झुलदेखि खुब डर लाग्न थालेको छ ।
केटाकेटीलाई स्कुलदेखि खुब डर लाग्न थालेको छ ।
अचेल दिनहुँ दिन बलत्कारको उजुरी हुन थालेपछि ।
भमरालाई पनि फुलदेखि खुब डर लाग्न थालेको छ ।
© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :- साउदी अरब
२) मुक्तक
कोहि दिलमा प्रवेश गरेर गएपछि
सधैको लागि टाढा भएर गएपछि
उस्लाई भुल्नलाई पिउनै पर्छ यार
यादहरुसबै मलाई छोडेर गएपछि
© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :-साउदी अरब
३) मुक्तक
सिधा लाई पनि बाङगो देखाएर ।
प्वाल बनाएर उदाङ्गो देखाएर ।
के देखाउन खोजेका हुन केटीहरु ।
हेरे अाधा शरीर नाङगो देखाएर ।
© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :- साउदी अरब
४) मुक्तक
पक्कै पनि आनन्द पाईरहेछन् ।
त्यसैले भमराहरु रमाईरहेछन् ।
अस्मिता सुम्पेर पनि फुलहरु ।
हेर्नुस् कसरी मुस्कुराईरहेछन् ।
© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :- साउदी अरब
५) मुक्तक
पढे लेखेको रैछौ दुख गरेर पसिना बगाएर ।
अचेल यतिकै बसेको रैछौ जागिर नपाएर ।
चिन्तानगर रोजगारको नाममा दिनेछ पक्कै।
तिम्लाई सरकारले भोलि राहदानी बनाएर ।
© रदीफ सागर
सालझण्डी- १ रुपन्देही
हाल:- साउदी अरब
Post a Comment