गजल (१)
स्वीकार्न कर नै लाग्यौ रातो गुलाब
थमाएपछी ।
नत्र तिम्रै सामु झुण्डीएर मर्छु भन्दै
कराएपछी ।
दोधारमा परे म त के गरू र कसो
गरू भयो ।
खुसी हुदै घर गईन हुन्छ भनि
फकाएपछी ।
मेरो राजा मेरो धड्कन तिमी नै
मेरै प्राण भन्दै ।
यता उता चुम्बन गर्दै अंगालोमा
कसाएपछी ।
संगै जिउने मर्ने बाचा कसम खुवाउदै
भनिन ।
मेरो सपना पुरा हुन्छ तिमीलाई मैले
पाएपछी ।
© रदीफ सागर
सालझण्डी-१ रूपन्देही
हाल ;- साउदी अरब
गजल (२)
रातो गुलाब उपहार आओस शुभकामना !
नवजोडीमा खुशियालि छाओस शुभकामना !
बन्न नसकेका र भत्किएका ती जोडीहरूमा !
यसपाली त सफलता पाओस शुभकामना !
एक-आपसमा अंगालोमा बाधिएर रमाउदै !
अविश्वासको खाडल हटाओस शुभकामना !
दुक्क संग राख्नुस प्रस्ताव मनको मान्छेलाई
कसैको नि त्यसै खेर नजाओस शुभकामना !
© रदिफ सागर
सालझण्डी-१ रूपन्देही
हाल:- साउदी अरब
२० माघ २०७०
गजल (३)
ए सुटुक्क अँगालोमा आउ प्रेमको मौसम छ ।
प्रीय यसरी तिमी नसर्माउ प्रेमको मौसम छ ।
सक्छौ भने माफ गर ? विगतलाई बिर्सिएर ।
प्रेम दिवस भब्य मनाउ प्रेमको मौसम छ ।
कसम खाएर भन्छु तिमीलाई म माया गर्छु ।
आज त यो दिल न रुवाउ प्रेमको मौसम छ ।
जिन्दगीका दुखसुख बाडीचुडी लिउला प्रीय
आऊ जीवन सँगै बिताउ प्रेमको मौसम छ ।
© रदीफ सागर
सालझझण्डी-१ रुपन्देही
हाल :- साउदी अरब
Post a Comment